अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
तेहरान । अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।
सैन्य कमाण्डका अनुसार अमेरिकी सेनाले खार्ग टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ । आक्रमणका क्रममा तेलसम्बन्धी संरचनालाई भने क्षति नपुर्याई सुरक्षित राखिएको बताइएको छ ।
उक्त आक्रमणबाट नौसैनिक बारुद भण्डारण स्थल, क्षेप्यास्त्र भण्डारण बंकर तथा अन्य धेरै सैन्य संरचनाहरू नष्ट भएको जनाइएको छ । खार्ग टापु फारसको खाडीमा इरानको तटबाट करिब २५ किलोमिटर टाढा अवस्थित छ र इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत यही टापुमार्फत हुने गर्दछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त आक्रमणले सैन्य लक्ष्यहरूलाई ‘पूर्ण रूपमा नष्ट गरेको’ बताएका छन् । उनले यदि हर्मुज जलडमरू हुँदै हुने जहाज आवागमन अवरुद्ध भए खार्ग टापुको तेल संरचनालाई पनि निशाना बनाइने चेतावनी दिएका छन् ।
यसैबिच इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानको तेल तथा ऊर्जा संरचनामाथि कुनै पनि आक्रमण भए त्यसको प्रतिशोधस्वरूप अमेरिकी कम्पनीसँग सम्बन्धित क्षेत्रीय संरचनाहरूमा प्रतिक्रिया दिइने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण