सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रुखले च्यापिएर एक जनाको मृत्यु

आइतबार, ०१ चैत २०८२, २२ : १४
आइतबार, ०१ चैत २०८२

रुकुम पश्चिम ।  जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो । मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण ओखरको रुखको हाँगा भाच्चिएर लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

घटनाको खबर पाएलगत्तै प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावत नेतृत्व तीन जनाको टोली घटनास्थल पुगेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप