सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास
भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नंं ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उनले सो सडकको शिलान्याससँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताएका छन् ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सो सडक निर्माण एवं स्तरोन्नतीका लागि रु ३० करोड बजेट विनियोजित गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने मन्त्री थापाले बताए ।
पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर आजैदेखि निर्माण सुरु भएको उनले जानकारी दिए ।
कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिका भित्र रहेका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण