ओखलढुंगा चुनाव : जित्नेको १० लाख, हार्नेको ३१ लाख खर्च
सोमबार, ०२ चैत २०८२, १४ : ००
सारांश
- नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलले ओखलढुङ्गामा ३० लाख ९९ हजार १५० रुपैयाँ चुनावी खर्च गरेको विवरण सार्वजनिक गरे।
- लुईंटेलले चुनावी प्रचार प्रसारमा सबैभन्दा बढी खर्च यातायातमा १४ लाखभन्दा बढी गरेको बताए।
- उनी रास्वपाका विश्वराज पोखरेलसँग ५ मतले पराजित भए भने पोखरेलको चुनावी खर्च १० लाख ३४ हजार थियो।
काठमाडौँ । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कुमार लुईंटेलले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
चुनावी प्रचार प्रसारका क्रममा ३० लाख ९९ हजार १५० रुपैयाँ खर्च भएको लुईंटेलले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ । लुईंटेलले सबैभन्दा बढी खर्च यातायातमा भएको सार्वजनिक गरेका छन् ।
३० लाख ९९ हजारमध्ये यातायाततर्फ १४ लाख बढी खर्च भएको बताइएको छ । उनी रास्वपाका विश्वराज पोखरेलसँग ५ मतले पराजित बनेका थिए ।
यसैबिच जित हासिल गरेका विश्वराज पोखरेलको चुनावी खर्च १० लाख ३४ हजार रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण