धर्नामा बसेका ए डिभिजन क्लबहरूलाई एन्फाले वार्तामा बोलायो
सारांश
- एन्फाले लिगको मिति तोकेको भन्दै ए डिभिजन लिग क्लबका पदाधिकारीहरूले धर्ना दिए।
- क्लबहरूले एन्फा कम्प्लेक्समा धर्ना दिएपछि एन्फाले वार्ताका लागि बोलाएको छ।
- विभिन्न क्लबका अध्यक्षहरू वार्तामा सहभागी हुन एन्फा कार्यालय प्रवेश गरे।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न माग राख्दै धर्नामा बसेका ए डिभिजन लिग क्लबका पदाधिकारीहरूलाई वार्तामा बोलाएको छ । एन्फाले एकपक्षीय रूपमा लिगको मिति तोकेको र अन्य निर्णय गरेको भन्दै क्लबहरूले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धर्ना दिएका थिए ।
एन्फाले शहीद स्मारक ’ए’ डिभिजन लिग यही चैत ३० गतेदेखि सुरु गर्ने निर्णय गरेपछि क्लबहरू असन्तुष्ट बनेका हुन् ।
सोही निर्णयको विरोधमा उनीहरू विभिन्न मागसहित एन्फा पुगेका थिए । क्लबहरूको धर्नापछि एन्फाका महासचिव किरण राईले विवाद समाधानका लागि छलफल गर्न क्लबका प्रतिनिधिहरूलाई बोलाएका हुन् ।
वार्तामा सहभागी हुन फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठ, चर्च बोइज युनाइटेडका अध्यक्ष रुवेन राई (टंक), सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, एनआरटी क्लबका अध्यक्ष सुन्दरराज जोशीका साथै कुमार राजभण्डारी र जयकिशन श्रेष्ठ एन्फा कार्यालयभित्र प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण