साहुखला र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त
मङ्गलबार, ०३ चैत २०८२, १४ : ००
सारांश
- एन्फाले हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि बालगोपाल साहुखला र चेतकुमार घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ।
- मदनलाल श्रेष्ठ टोली व्यवस्थापक, राजीवकुमार यादव सहायक टोली व्यवस्थापक र पंकज शाही प्रदर्शन विश्लेषकमा नियुक्त भएका छन्।
- नेपालले चैत १३ गते दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङ, चीनविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी बालगोपाल साहुखला र चेतकुमार घिमिरेलाई दिएको छ ।
एन्फा महासचिव किरण राईले सोमबार साहुखला र घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।
त्यस्तै एन्फाले मदनलाल श्रेष्ठ टोली व्यवस्थापकको जिम्मेवारी दिएको छ । यता राजीवकुमार यादव सहायक टोली व्यवस्थापकमा नियुक्त हँदा पंकज शाहीले प्रदर्शन विश्लेषकको भूमिका निर्वाह गर्नेछन्।
नेपालले चैत १३ गते ९मार्च २६० दशरथ रंगशालामा हङकङ, चीनसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण