बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

हिन्दी एल्बम ल्याउँदै सिमरन

आइतबार, १३ साउन २०७५, ०९ : ४९
आइतबार, १३ साउन २०७५

काठमाडौं – पेशाले रेडियोकर्मी हुन सिमरन अर्थात उषा मलाहा । गायनमा पनि उनको त्यतिकै दखल छ । गायन र रेडियोकर्मलाई एकसाथ अगाडी बढाइरहेकी उनी अहिले हिन्दी एल्बम तयारीको अन्तिम चरणमा छिन् । नाम तय भइ नसकेको यस एल्बमका ‘कुछ बोलो तुम’, ‘दिलके पास’जस्ता गीत रेकर्ड भइसकेका छन् भने बाँकी गीतको काम धमाधम भइरहेको उनले बताइन् ।

एल्बममा माया, प्रेम एवं राष्ट्रिय भावका पाँच वटा गीत समावेश गरिने गायिका सिमरनले जानकारी दिएकी छन् । उनको एकल शब्द रचना समेटिएको यस एल्बममा संगीतकार विकास चौधरीको एकल संगीत रहने छ । ‘मैले धेरै हिन्दी गीतको कभर गाएकी छु । मेरो स्वर सुनेर आफन्त एवं साथीहरुले प्रशंसा गर्दै आफ्नै गीत निकाल्न प्रेरित गरेकाले हिन्दी एल्बम निकाल्ने सोच बनाएकी हँु’, उनले भनिन् ।

झापाको धुलाबारीमा जन्मेकी गायिका सिमरन पछिल्लो समय गायनमा सक्रियताका साथ लागी परेकी छन् । उदय सुब्बाको निर्माण एवं भुपेन्द्र लिङदेन ‘मन्त्री’को प्रस्तुतीमा दिलप्रकाश यक्सोले निर्देशन गरेको चलचित्र ‘बैना’बाट पाश्र्व गायनमा डेब्यु गरेकी उनले राजु लामा निर्देशित ‘वास्तुशाश्त्र’, जनक गुरुङ निर्देशित गुरुङ संस्कृतीमा आधारित चलचित्र ‘ठुलो सोल्टी’, सोनाम लामाको निर्देशन रहेको ‘आकांक्षा’जस्ता चलचित्रमा स्वर दिइसकेकी छन् ।

आगामी दशैंसम्ममा हिन्दीसहित गोविन्द गौतमको एकल रचनामा नेपाली एल्बम ‘सिमरन’ र गायक सुसन साम्सोहाङका साथमा पुर्वेली लोकगीत एल्बम ‘पूर्वै झापा गाउँ’ समेत श्रोतामाझ ल्याउने उनको योजना छ । यी दुई एल्बम भने लगभग तयार भइसकेको उनको छ । ‘अहिले एल्बम निकाल्ले चलन लगभग हराइसकेको छ तर करियरको प्रारम्भमा केही नयाँ दिउँ भनेर तीनवटा एल्बम एकसाथ श्रोतामाझ ल्याउने सोच बनाएकी हुँ’, उनले भनिन् ।

केही दिनपछि उनको आफ्नै शब्द एवं विकास चौधरीको संगीतमा ‘आमाले किकिदेको रातो साडी’ बोलको तीज गीत पनि भिडियोसहित श्रोतादर्शकमाझ आउन लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप