चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ता सार्न खोज्दैछन् ट्रम्प
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उच्चस्तरीय चीन भ्रमण करिब एक महिनापछि सार्ने योजना बनाएका छन् ।
इरानसँगको जारी युद्धका कारण ट्रम्पले आफ्नो भ्रमण सार्न लागेका हुन् । सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भ्रमण स्थगित गर्ने प्रस्ताव आफूहरूले राखेको स्पष्ट पारे । उनले भने, ‘हामीले करिब एक महिना जति ढिलाइ गर्न अनुरोध गरेका छौं ।’
युद्धको अवस्थालाई नजिकबाट निगरानी गर्न आफू देशमै रहनु आवश्यक रहेको उनको भनाइ थियो । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको भेटघाट मार्च ३१ देखि अप्रिल २ सम्म हुने तय भएको थियो । यसअघि उनीहरूबिच गत अक्टोबरमा प्रत्यक्ष भेटवार्ता भएको थियो ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लि जियानले मंगलबार दुवै देशबिच भ्रमणको समय र अन्य विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । भ्रमण स्थगित हुनु र स्ट्रेट अफ हर्मुजसम्बन्धी मुद्दाबिच कुनै सम्बन्ध नभएको पनि उनले स्पष्ट पारे । केही सञ्चारमाध्यममा आएका समाचारलाई पूर्ण रूपमा गलत भन्दै उनले अमेरिका स्वयंले पनि त्यस्ता रिपोर्टहरू असत्य भएको स्वीकार गरेको उल्लेख गरे ।
इरानसँगको युद्धले ट्रम्पका अन्य कैयौँ वैदेशिक प्राथमिकताहरूलाई धकेलिएका छन् । इरानमा अमेरिका– इजरायल युद्ध प्रभावले विश्व ऊर्जा आपूर्ति प्रभावित भएको छ र तेल मूल्य बढ्ने चिन्ता बढेको छ ।
यसैबिच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमण स्थगित हुनुमा कुनै व्यापारिक विवाद वा चीनसँगको खाडी क्षेत्रसम्बन्धी सहयोगको विषय कारण नभएको बताएका छन् । ‘राष्ट्रपति वाशिङ्टनमै रहेर युद्धको समन्वय गर्न चाहन्छन् । यस्तो समयमा विदेश भ्रमण गर्नु उपयुक्त नहुन सक्छ,’ बेसेनटले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण