एमाले ‘बन्द कोठा’बाट नभई आम कार्यकर्ताको भावना अनुसार चल्नुपर्छ : सुरेन्द्र पाण्डे
सारांश
- एमाले नेता सुरेन्द्र पाण्डेले पार्टी आम कार्यकर्ताको भावना र आधुनिक कार्यशैलीबाट चल्नुपर्ने बताए।
- उनले पार्टी बैठकहरूमा सुधारका कुराहरूलाई सुनुवाइ नगरेको र 'नोट अफ डिसेन्ट' मा सीमित पारेको गुनासो गरे।
- पाण्डेले बैठक सुनाउने र 'हुकुम' दिने औपचारिकता मात्र बन्दा विवेकको मृत्यु हुने बताए।
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्य पद्धतिबाट चल्नुपर्ने बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेतृत्वप्रति लक्षित गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
आफूहरूले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्दै गल्तीहरू औँल्याउँदा ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’ को एउटा कुनामा मात्र सीमित गरिएको उनले बताए ।
बैठक सुन्ने र सुध्रिने थलो नभई सुनाउने र ‘हुकुम’ दिने औपचारिकता बन्दा विवेकको मृत्यु हुने र अहङ्कारले ठाउँ पाउने समेत उनले बताए ।
उनले भने,‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा?' यो जायज प्रश्न हो । हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औँल्यायौँ। ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण