इजरायली आक्रमणमा बेरुतमा ६ जनाको मृत्यु
सारांश
- बेरुतमा इजरायलको हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ, भने २४ जना घाइते भएका छन्।
- लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूको पहिचान डीएनए परीक्षणपछि मात्र पुष्टि हुनेछ।
- इजरायलले हेजबुल्लाहका लक्ष्यलाई निशाना बनाउँदै राजधानी र वास्ता क्षेत्रमा आक्रमण गरेको बताइएको छ।
बेरुत । बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू २४ जना घाइते भएका छन् ।
लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मृतकहरूको पहिचान अझै खुल्न बाँकी छ । डीएनए परीक्षणपछि मात्र पहिचान पुष्टि गरिने जनाइएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) हेजबुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै आक्रमण गरेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पहिलो आक्रमण राजधानीको केन्द्रमा पर्ने जुकाक अल–ब्लाट क्षेत्रमा रहेको एउटा आवासीय भवनमा परेको थियो, जुन सरकारी मुख्यालय र विभिन्न दूतावासहरू नजिकै पर्छ ।
त्यसैगरी दोस्रो आक्रमण वास्ता क्षेत्रमा गरिएको थियो । घटनाको पुष्टि समाचार एजेन्सी एएफपीले पनि गरेको छ । मध्यपूर्वमा चर्कँदै गएको द्वन्द्वबिच लेबनान प्रत्यक्ष युद्धमा तानिएको छ ।
गत मार्च २ मा हेजबुल्लाले इजरायलतर्फ रकेट प्रहार गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ । अमेरिका र इजरायलको संयुक्त कारबाहीमा इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिएको दाबीको प्रतिक्रिया स्वरूप उक्त आक्रमण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण