सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूराः यी क्लबबिच महाभिडन्त पक्का

बिहीबार, ०५ चैत २०८२, ०४ : ३४
बिहीबार, ०५ चैत २०८२

सारांश

  • युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा भयो, जसमा उत्कृष्ट क्लबहरू प्रतिस्पर्धा गर्नेछन्।
  • रियल मड्रिड र बायर्न म्युनिखबीचको खेल फाइनलअघिको फाइनलको रूपमा हेरिएको छ।
  • बार्सिलोना र एथ्लेटिको मड्रिड तथा पिएसजी र लिभरपुलबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

काठमाडौँ । युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ का दोस्रो लेगका खेलहरू समाप्त भएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोलीहरूको टुङ्गो लागेको हो ।

यसपटकको क्वार्टरफाइनलमा विश्व फुटबलका हस्ती क्लबहरूबिच रोचक भिडन्त हुने निश्चित भएको छ । सार्वजनिक तालिका अनुसार स्पेनिस महारथी रियल मड्रिड र जर्मन जाइन्ट बायर्न म्युनिख आमनेसामने हुनेछन् । यी दुईबिचको खेललाई फाइनल अघिको फाइनल का रूपमा हेरिएको छ ।

त्यस्तै, अर्को रोमाञ्चक भिडन्तमा स्पेनिस ला लिगाका दुई चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र एथ्लेटिको मड्रिड आपसमा भिड्ने भएका छन् । युरोपेली मञ्चमा यी दुई टोलीबिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

UCL super 8

अर्कोतर्फ, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इङ्लिस क्लब लिभरपुलको चुनौती सामना गर्नेछ । पछिल्लो समय उच्च लयमा रहेका यी दुवै टोलीबिचको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । त्यस्तै, इङ्लिस प्रिमियर लिगको दाबेदार आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

लिगको तालिका अनुसार क्वार्टरफाइनलका सबै चार वटा खेलको पहिलो लेग आगामी अप्रिल ८ तारिखमा हुनेछ । यसपटकको समीकरणले च्याम्पियन्स लिगको उपाधि होड झनै रोमाञ्चक मोडमा पुगेको संकेत गरेको छ । अन्तिम १६ मा सानदार जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका यी टोलीहरू अब सेमिफाइनल प्रवेशका लागि मैदान उत्रिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप