चाँदी खोलामा अवैध उत्खनन : सशस्त्रद्वारा ८ ट्र्याक्टरसहित चालकहरू नियन्त्रणमा
सारांश
- रौतहटको चन्द्रपुर नगरपालिकामा अवैध बालुवा उत्खननमा संलग्न ८ वटा ट्र्याक्टर र चालकहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लियो।
- बिहीबार बिहान चाँदी खोलामा बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले छापा मारेको थियो।
- नियन्त्रणमा लिइएका ट्र्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकामा पठाइएको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा भइरहेको बालुवा उत्खननको क्रममा सशस्त्र प्रहरीले ८ वटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान करिब ७:२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र ८ मोतीपुरस्थित चाँदी खोलामा ट्र्याक्टरमार्फत अवैध रूपमा बालुवा उत्खनन गरी लोड भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि सुरक्षा बेस सन्तपुरका प्रमुख सशस्त्र प्रहरीका डिएसपी विश्वनाथ जिसीको कमान्डमा ११ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
टोली घटनास्थलमा पुग्दा खोलाभित्र बालुवा लोड गरिरहेका तथा केही खाली अवस्थामा रहेका ट्र्याक्टरहरू फेला परेका थिए। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार उक्त टोलीले ट्याक्टरहरू र चालक क्रमशः ना ५ त ९५५१ — देवनाथ चौधरी, ना ७ त ३९१७ — रामायण पटेल, ना ४ त ७६३८ — विवेक पासवान, प्रदेश २(०३(००१ त ४६७ — मायालाल माझी, ना ६ त ३७८५ — दीपेन्द्र माझी, ना ५ त ५४२ — राहुल यादव, ना ५ त ४७१२ — करण चौधरी, ना ६ त ८८४४ — भुन्टा माझीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्र्याक्टर र चालकहरूलाई आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकामा पठाइएको सशस्त्र प्रहरी सन्तपुर बेसले जनाएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण