मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
काठमाडौँ । सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशतले बढेर २९ करोड १ लाख पुगेको छ ।
मलेसियाको तथ्याङ्क विभागले एक विज्ञप्ति जारी गर्दै उक्त वर्ष आन्तरिक पर्यटन खर्च १२१ अर्ब रिंगिट (३०.८६ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।
यो खर्च अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतको वृद्धि हो । समग्रमा, बढ्दो पर्यटक संख्या, उच्च पर्यटन खर्च र पर्यटनसँग सम्बन्धित उद्योगहरूको मजबुत प्रदर्शनका कारण मलेसियाको आन्तरिक पर्यटन क्षेत्र आर्थिक वृद्धिको मुख्य खम्बाका रूपमा रहिरहेको छ ।
विभागकाअनुसार सन् २०२५ मा देखिएको यो निरन्तरको वृद्धिले आन्तरिक मागलाई बलियो बनाउन, लघु, साना तथा मझौला उद्योगहरूलाई सहयोग पु¥याउन र समग्र आर्थिक लचिलोपन अभिवृद्धि गर्न यस क्षेत्रको महत्वपूर्ण भुमिकालाई प्रष्ट पारेको छ ।
चौथो त्रैमासिकको तथ्याङ्कअनुसार आन्तरिक पर्यटकको संख्या वार्षिक १०.८ प्रतिशतले बढेर ७ करोड ४० लाख पुगेको छ । सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा भने चौथो त्रैमासिकमा पर्यटकको संख्या २ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
पर्यटन गतिविधिमा भएको वृद्धिसँगै, चौथो त्रैमासिकमा आन्तरिक पर्यटन खर्च ३२.६ अर्ब रिंगिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.४ प्रतिशतको बढोत्तरी हो । अघिल्लो त्रैमासिकको तुलनामा भने यो खर्च ९.१ प्रतिशतले बढेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण