चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।
शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ । निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ ।
रक्तदानका कार्यक्रमहरु न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो । शाखाले यहाँ संञ्चालन गरेको प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरुमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरु आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरुको उपचार रगतका कारण रोकिन थालेको छ ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिँदै आईएको छ ।
यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पु-याउन कठिन भएको उनले बताए । क्यान्सरका बिरामीहरुलाई धेरै रगतको आवश्यक पर्दछ ।
यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ । रक्तदानका कार्यक्रमहरु नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण