संसद् सचिवालयले गर्यो राजनीतिक दलहरूसँग ३ विषयमा परामर्श
सारांश
- संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग ३ विषयमा परामर्श गरेको छ।
- नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय भएको छ, र फारम भर्न आग्रह गरिएको छ।
- दलका प्रतिनिधिहरूले सांसदहरूलाई अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए।
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग ३ विषयमा परामर्श गरेको छ ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहीबार दिउँसो ३ विषयमा सचिवालयले परामर्श गरेको हो ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले मुख्यगरी राजनीतिक दलका प्रतिनिधिहरूसँग ३ विषयमा परामर्श गरिएको जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ, संसदीय दलको व्यवस्थापन र सांसदहरूलाई अभिमुखीकरणका विषयमा परामर्श गरिएको हो ।
परामर्शले नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय गरेको छ । शपथका लागि तोकिएको मितिभन्दा अघिल्लो दिन आएर शपथको व्यहोरासम्बन्धी फारम भरेर बुझाइदिन सचिवालयका तर्फबाट दलहरूलाई आग्रह गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।
सचिवालयले दलका कार्यालय कहाँ रहने भन्ने जानकारी दिएर दलका प्रतिनिधिहरूलाई त्यो कार्यालयमा रहने सचिवालयका कर्मचारीहरूसँग समन्वय गराइदिएको छ ।
परामर्श छलफलमा दलका प्रतिनिधिहरूले सांसदहरूलाई अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए । त्यो अभिमुखीकरण कार्यक्रम सचिवालयले थप परामर्श गरेर निक्यौल गर्ने जानकारी गराइएको प्रवक्ता गिरीले बताए ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले सांसद जितेर प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, कांग्रेसका तर्फबाट मोहन आचार्य, एमालेका तर्फबाट गुरु बराल तथा नेकपाका तर्फबाट रमेश मल्ल सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण