ढोरपाटनमा नियन्त्रणमा आउन थाल्यो दादुरा
सारांश
- ढोरपाटनमा दादुरा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ, खोप लगाएपछि सङ्क्रमण कम भएको हो।
- अहिले दैनिक एक-दुई जना मात्र शङ्कास्पद बिरामी अस्पताल आउने गरेका छन्, पहिले यो सङ्ख्या १०-१५ थियो।
- हालसम्म ११ जनामा सङ्क्रमण पुष्टि भएको छ भने, केही दिनमा पूर्ण रुपमा नियन्त्रणमा आउने अपेक्षा छ।
बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो । फागुन २९ गतेदेखि यही चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोर किशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।
विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरेको थियो । खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए ।
खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ दादुराको शङ्कास्पद बिरामी अस्पतालमा आउने गरेकामा अहिले घटेर दैनिक एक/दुई जना मात्रै आउने गरेका छन् । हालसम्म ११ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख शर्माले जानकारी दिए । दादुराको लक्षण देखिएका ३१ जनाको नमुना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको भनाइ छ ।
प्रमुख शर्माले भने, “खोप लगाएपछि सङ्क्रमित घट्ने अपेक्षा छ, पछिल्लो केही दिन यता दैनिक शङ्कास्पद बिरामी कम भएका छन्, अब केही दिनमा पूर्ण रूपमा सङ्क्रमण नियन्त्रणमा आउने देखिन्छ ।”
हालसम्म १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ८५० बालबालिका तथा किशोर किशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । हालसम्म १३० शङ्कास्पद बिरामी छन् । हाल बुर्तिबाङ अस्पतालमा नौ र बोबाङ स्वास्थ्य चौकीमा ५ जना उपचाररत छन् । अहिलेसम्म ७२ जना उपचारपछि घर फर्किएका छन् भने, १५ जना उपचाररत छन् । पाँच जनालाई पोखरा रेफर गरिएको बुर्तिवाङ अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण