ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभनमा ग्रीस र स्पेन पठाउने भन्दै रकम ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रे र सिराहाका व्यक्तिहरू छन्, जसले विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँ ठगी गरेका थिए।
- पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका–३ बस्ने काभ्रे रोशी गाउँपालिका–६ घर भएका ३८ वर्षीय रकमबहादुर लोप्चन तामाङ र काठमाडौँ महानगरपालिका– ३१ बस्ने सिराहा मिर्चैया नगरपालिका–३ घर भएका २२ वर्षीय लक्ष्मणकुमार यादव रहेका छन् ।
पक्राउ पर्नेमध्ये रकमबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रुपैयाँ र लक्ष्मण कुमारले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रकम बहादुरलाई काठमाडौँ महानगरपालिका–१३ बाट र लक्ष्मण कुमारलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण