मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर सङ्ख्या बढेको निष्कर्ष
सारांश
- नागरिक समाजले प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर संख्या बढेको निष्कर्ष निकाल्यो।
- मतदाता शिक्षा सामग्री वितरण र पहुँचमा असमानता र मतदाता नामावली त्रुटिपूर्ण रहेको पाइयो।
- निर्वाचन खर्चको पारदर्शिता र सुरक्षा निकायबीच समन्वय सुदृढ गर्न सुझाव दिइयो।
काठमाडौँ । नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर सङ्ख्या बढेको निष्कर्ष निकालेको छ ।
शुक्रबार काठमाडौँमा निर्वाचन पर्यवेक्षणका निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता शिक्षा सामाग्री वितरण र पहुँचमा क्षेत्रगत असमानता रहेको पाइएको र मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर सङ्ख्या बढेको जनाएको हो ।
त्यस्तै मतदाता नामावली त्रुटिपूर्ण रहेको, मतदानका दिनसम्म पनि मतदान केन्द्रको ३०० मिटर परिधिभित्र प्रचार सामाग्री नहटाइएको पाइएको गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईले जानकारी दिए ।
त्यस्तै उनले निर्वाचन खर्चको पारदर्शीताका साथै वैध स्रोतबारे अध्ययन गर्न निर्वाचन आयोगलाई सुझाव दिए । निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढका साथै बढ्दो खर्च घटाउनेतर्फपनि आगामी दिनमा पहल गरिनुपर्ने उनले बताए ।
त्यसैगरि समाजले निर्वाचन सम्बन्धी कानुन र ऐनहरू संशोधन गरी अन्तरजिल्ला र देश बाहिर रहेका नेपाली नागरिकलाई मतदान सुनिश्चितको व्यवस्था गर्न पनि सुझाव दिएको छ भने विभिन्न चूनौतिकाबीच तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरेर सरकारले लिएको दायित्व जिम्मेवारीपूर्णक सम्पन्न गरेको निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण