नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको ०८३ वैशाखमा गर्न प्रस्ताव
सारांश
- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १२औँ केन्द्रीय महाधिवेशनको लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
- अध्यक्ष दुजाङ शेर्पाले ०८३ वैशाख २० र २१ गते १२ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
- चैत्र ११ गते अधिवेशनको लागि प्रतिनिधि चयन र चैत्र २६ गते स्थानीय तहका गाउँ–नगर अधिवेशन हुनेछ।
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १२औँ केन्द्रीय महाधिवेशनको लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । आजबाट काठमाडौँमा सुरु भएको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले ०८३ वैशाख २० र २१ गते १२ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
बैठकमा पेस गरिएको कार्यतालिकामा यही चैत्र ११ गते अधिवेशनको लागि प्रतिनिधि चयन र प्रतिनिधिहरूको नामावली प्रकाशन गरिने उल्लेख छ । त्यसपछि चैत्र २४ गते माध्यमिक विद्यालयको अधिवेशन (सभा) आयोजना गर्ने, चैत्र २६ गते स्थानीय तहका गाउँ–नगर अधिवेशन (सभा), चैत्र २९ गते क्याम्पस–कलेज–प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरूको अधिवेशन (सभा) सम्पन्न गरिनेछ ।
त्यसैगरी, वैशाख ६ गते ७७ जिल्ला अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाईको अधिवेशन तथा वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिको अधिवेशन गर्ने प्रस्ताव छ ।
वैशाख १५ गते प्रदेश अधिवेशन गर्ने पनि प्रस्ताव गरिएको छ । बैठक जारी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण