नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशमा नयाँ नेतृत्व
गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनले संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह कोषाध्यक्षमा संगीता अधिकारी आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै समितिको सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहहेका छन् ।
अधिवेशनका लागि बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा संघका केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङ, मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ, बाबुराम पाण्डे रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका पदाधिकारी सहित निवर्तमान अध्यक्ष दुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, संघका केन्द्रीय महासचिव भरत तिमल्सिना लगायतले खादा तथा माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको महिमा र गरिमालाई कायम गराउने कुरामा आफूहरू निरन्तर लाग्ने विश्वास व्यक्त गरे ।
रासस गण्डकी प्रदेश प्रमुख पौडेल एनटिभिएबाट सम्मानित
यसैबिच राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेल सम्मानित भएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशको शुक्रबार साँझ पोखरामा सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा उनलाई पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै नगद रु २५ हजार र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
उक्त अवसरमा गण्डकी प्रदेशमा पहिलो पटक हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्र्याउने हरिध्वज तुलाचन, उत्कृष्ट कर्मचारी द्वय श्रीप्रसाद खतिवडा र इन्द्र राना मगरलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण