ईद उल फितरका अवसरमा झलनाथ खनालको शुभकामना, राष्ट्रिय एकतामा जोड
शनिबार, ०७ चैत २०८२, ०८ : ३१
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईद उल फितरको अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिएका छन्।
- उनले ईदले मित्रता, भ्रातृत्व र एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
- खनालले राष्ट्रिय एकता, प्रगति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद उल फितरको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन्।
खनालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फितरले आपसी मित्रता, भ्रातृत्व र एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै यसले विविधतामा आधारित नेपाली समाजमा राष्ट्रिय एकता, आपसी मैत्री तथा धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
शुभकामना सन्देशमा उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै देशलाई राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको मार्गमा अगाडि बढाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण