बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता

बिहीबार, ११ असार २०८३, ०४ : ४२
बिहीबार, ११ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा ब्राजिलले स्कटल्याण्ड विरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।
  • ब्राजिलका लागि स्टार स्ट्राइकर भिनिसियस जुनियरले ७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
  • भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्याण्ड विरुद्ध पहिलो हाफमा २–० को सानदार अग्रता लिएको छ । अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा स्टार स्ट्राइकर भिनिसियस जुनियरको जादुमयी प्रदर्शनले ब्राजिल जिततर्फ अग्रसर देखिएको हो ।

खेलको सुरुवातमै स्कटल्याण्डमाथि दबाब बनाएको ब्राजिलका लागि भिनिसियस जुनियरले ७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । यो गोलसँगै भिनिसियसले जारी विश्वकपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने सानदार कीर्तिमान पनि बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप