कलाकारिता मै फर्किए प्रकाश सपुत
सारांश
- गायक प्रकाश सपुत कलाकारितामा फर्किएका छन्, उनले सामाजिक सञ्जालमा जानकारी दिए।
- सपुतले आफू अब जनतालाई मनोरञ्जन दिन चाहेको र इमान्दार नागरिक बन्न चाहेको बताए।
- उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा परेनन्, तर उनले कुनै गुनासो नगरेको बताए।
काठमाडौँ । गायक प्रकाश सपुत कलाकारिता मै फर्किएका छन् । सपुतले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफू कलाकारिता मै फर्किएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्– ‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।’
कलाकार सपुत राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सूचीमा प्रस्तावित भए पनि परेनन् । उनले आफ्नो जीवनको ५ वर्ष देशका लागि दिने तयारीका साथ निर्वाचनमा होमिएको भए पनि आफू छुटेकोमा कुनै गुनासो नभएको बताएका छन् ।
उनले रास्वपाका सभापति रवि लामिछानेले पार्टीमै रहेर देशका निम्ति योगदान गर्न गरेको प्रस्तावको पनि स्मरण गरेका छन् । तर उनले सभापति लामिछानेलाई अब साँच्चिकै देश बन्छ भन्ने अनुभूति दिलाएर काम गर्न सुझाव दिएको समेत बताएका छन् ।
हेर्नुहोस् सपुतको स्ट्याटस :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण