बेमौसमी पानीले सिरहामा करोडौको काँचो इँटा गल्यो
सारांश
- सिरहामा परेको पानीका कारण इँटा उद्योगमा ९ करोडभन्दा बढीको क्षति भएको छ।
- जिल्लाका ३० भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी अवस्थामा राखिएका इँटाहरु गलेर नष्ट भए।
- इँटा व्यवसायीहरूले राज्यले कर मात्र असुल्ने गरेको गुनासो गर्दै उत्पादनको संरक्षणको माग गरेका छन्।
सिरहा । सिरहामा शुक्रवार र शनिवार परेको पानीले करोडौं मूल्यको काँचो इँटा गलेको छ। जिल्लाका विभिन्न ठाउँमा रहेका ३० वटा भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी पारिएको काँचो इँटा गल्दा व्यवसायीको ९ करोड भन्दा बढीको क्षेति भएको हो।
नेपाल इँटा भट्टा महासंघका सिरहाका अध्या तथा गणपति इँटा उद्योग गोलबजारका संचालक कृष्णा सिंहले जिल्लाका हाल सञ्चालनमा रहेका ३० भन्दा बढी इँटा उद्योगका एक करोडभन्दा बढी इँटा पालिले विगारेको बताए। उनले भने, ‘अहिले जिल्लामा ३० वटा इँटा उद्योग सञ्चालनमा छ, प्रत्यक उद्योगमा ४ देखि ६ लाखसम्म इँटा गलेको छ। यसको सामान्य हिसाव निकाल्दा पनि करिव ३ कारोड रुपैयाँको इँटा नोक्सान भएको छ।’
गोलबजार ६ कै श्री सागर इँटा उद्योगमामात्र करिव ६ लाख इँटा गलेको प्रदेश अध्यक्ष समेत रहेका सञ्चालन विक्रम साहले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका सवैजसो उद्योगमा ठूलो क्षति भएको छ।
शुक्रवार र शनिवारको पानी जिल्लाभरी नै एकनासले परेकोहुँदा जिल्ला भरीकै इटाँ उद्योगहरुमा उत्तिकै क्षति पुगेको प्रदेश अध्यक्ष साहले जानकारी दिए।
एउटा काचो इँटा तयार पाक्नको लागि तयार पार्दासम्म ३ रुपैयाँ खर्च हुने गरेको व्यसायीहरु बताउँछन्। व्यवसायीहरुका अनुसार माटो, पानी, मेसीन, लेवरसमेत गर्दा एउटा काचो इँटा तयार पार्न ३ रुपैयाँ खर्च हुने गरेको छ। अहिले पानीले भिजाएर कामै नलाग्ने बनेपछि आफूहरु ठूलो मर्कामा परेको व्यसायीहरुले दुखेसो पोखे।
व्यसायीहरुले राज्यले करमात्र असुल्ने गरेको गुनासो गर्दै आफ्नो उत्पादनको पनि संरक्षण गर्नुपर्ने माँग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण