छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
आइतबार, ०८ चैत २०८२, १२ : ५५
सारांश
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
- रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका दुर्घटनामा मानवीय क्षति भयो ।
- मोरङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका-७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण