श्रीलङ्कामा लिटरकै ३९८ रुपैयाँ पुग्यो पेट्रोल
सारांश
- श्रीलङ्कामा दुई हप्ताभित्रै इन्धनको मूल्य दोस्रो पटक बढ्यो, जसले पेट्रोल र डिजेलको मूल्य वृद्धि गर्यो।
- नयाँ मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जीवनमा दबाब थप्यो, जसले यातायात र बजार मूल्यमा असर पार्ने देखिन्छ।
- राष्ट्रपतिले मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चेतावनी दिए र देशलाई तयार रहन आग्रह गरे।
कोलम्बो । श्रीलङ्कामा इन्धनको मूल्य फेरि तीव्र रूपमा बढाइएको छ । दुई साताभित्रै दोस्रो पटक गरिएको मूल्यवृद्धिपछि पेट्रोल र डिजेलको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको हो ।
योसँगै सर्वसाधारणको दैनिक जीवनमा थप दबाब सिर्जना गरेको छ । नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३९८ श्रीलङ्काली रुपैयाँ पुगेको छ । यस अघि यो ३१७ रुपैयाँ थियो । त्यस्तै सार्वजनिक यातायातमा व्यापक रूपमा प्रयोग हुने डिजेलको मूल्य ७९ रुपैयाँले बढेर ३८२ रुपैयाँ पुगेको छ ।
मूल्यवृद्धिले यातायात खर्च मात्र नभई बजारमा वस्तु तथा सेवाको मूल्यसमेत थप महँगो हुने सङ्केत देखिएको छ । सरकारी स्वामित्वको सीलोन पेट्रोलियम कर्पाेरेशनका एक अधिकारीका अनुसार यस कदमले इन्धन खपत १५ देखि २० प्रतिशतसम्म घटाउने अपेक्षा गरिएको छ । तर व्यवहारमा भने मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाउने र आर्थिक बोझ थप्ने सम्भावना बढी देखिएको छ ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मध्यपूर्वमा लम्बिन सक्ने द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा असर पर्ने चेतावनी दिँदै देशलाई त्यसका लागि तयार रहन आग्रह गरेका छन् । विशेष गरी इरानमाथि अमेरिका र इजरायलद्वारा गरिएका आक्रमणले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा अस्थिरता ल्याउने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण