अमेरिकी ‘एफ–३५’ फाइटर जेट खसालेको इरानको दाबी
सारांश
- इरानले अमेरिकाको अत्याधुनिक एफ-३५ लडाकु विमानलाई खसालेको दाबी गरेको छ, जुन उसको मजीद एयर डिफेन्स सिस्टम प्रयोग गरेर गरिएको हो।
- इरानले एफ-३५ को इन्जिनबाट निस्कने तातो पत्ता लगाएर उक्त विमानलाई निशाना बनाएको बताइएको छ, जसले गर्दा राडार प्रणालीले पत्ता लगाउन सकेन।
- इरानले अमेरिकी र इजरायली सेनालाई झुक्याउन नक्कली राडार प्रयोग गरेको र त्यसपछि आफ्नो वास्तविक प्रतिरक्षा प्रणाली प्रयोग गरेको बताइएको छ।
तेहरान । इरानले विश्वकै सबैभन्दा अत्याधुनिक र अदृश्य मानिने अमेरिकी लडाकु विमान एफ–३५ लाई खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नै देशमा निर्मित मजीद एयर डिफेन्स सिस्टमको प्रयोग गरी सो विमान खसालेको हो।
यदि यो दाबी सत्य सावित भएमा इरान विश्वकै पहिलो यस्तो देश हुनेछ, जसले अमेरिकाको सबैभन्दा शक्तिशाली मानिने एफ–३५ विमानलाई युद्धको मैदानमा ढाल्न सफल भएको छ। विगत दुई दशकदेखि अमेरिकी सैन्य शक्तिको मुख्य प्रतीक मानिँदै आएको एफ–३५ लाई विश्वका कुनै पनि बलिया राडार प्रणालीले ठम्याउन नसक्ने गरी डिजाइन गरिएको छ।
तर, इरानले भने यस विमानको एउटा ठुलो कमजोरी पत्ता लगाएको दाबी गरेको छ। इरानका अनुसार एफ–३५ राडारबाट बच्न सक्षम भए पनि यसको इन्जिनबाट निस्कने अत्यधिक तातो (इन्फ्रारेड रेडिएसन) लाई पूर्ण रूपमा लुकाउन सकिँदैन।
इरानको मजीद डिफेन्स सिस्टमले राडारको सट्टा यही तापक्रम अर्थात् इन्फ्रारेड प्रविधिको आधारमा विमानलाई पछ्याएर निशाना बनाएको हो। अमेरिकी समाचार संस्था सीएनएनले पनि इरानी हमलाका कारण एफ–३५ विमानले मध्यपूर्वमा आपत्कालीन अवतरण गर्नुपरेको स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार मजीद सर्ट-रेन्ज एयर डिफेन्स सिस्टमले केवल एउटा मिसाइल प्रहार गरेरै एफ–३५ लाई खसालेको हो। यो प्रणाली राडारमा निर्भर नहुने भएकाले एफ–३५ मा जडान गरिएका सेन्सर र चेतावनी प्रणालीहरूले खतराको पूर्वसंकेत पाउन सकेनन्।
सामान्यतया एफ–३५ मा हुने इलेक्ट्रोनिक सिस्टमले शत्रुको राडार सिग्नललाई जाम गरिदिने क्षमता राख्छ, तर इरानको इन्फ्रारेड प्रविधि अगाडि ती सबै संयन्त्र निष्प्रभावी साबित भएका छन्। सन् २०२१ मा पहिलो पटक सार्वजनिक गरिएको मजीद सिस्टमले ७०० मिटरदेखि ६ किलोमिटरसम्मको दूरीमा रहेका कम उचाइमा उड्ने लक्ष्यलाई अचुक निशाना बनाउन सक्छ।
यस सफलताका पछाडि इरानले अमेरिका र इजरायललाई ठुलो रणनीतिक धोका दिएको खुलासा भएको छ। इरानी दाबी अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण सुरु गर्दा इरानले आफ्ना सक्कली राडार प्रणालीहरू बन्द गरेर सुरक्षित ठाउँमा लुकाएको थियो।
त्यसको सट्टा १० हजार डलर खर्च गरेर बनाइएका नक्कली राडार ढाँचाहरू राखिएका थिए, जसले सक्कली राडारले जस्तै सिग्नल पठाइरहन्थे। अमेरिकी र इजरायली ड्रोनहरूले ती नक्कली संरचनालाई ध्वस्त पारेपछि इरानको हवाई सुरक्षा प्रणाली खत्तम भएको भ्रममा उनीहरू परेका थिए।
यही भ्रमका कारण अमेरिकी रक्षामन्त्री पिट हेगसेथले १९ मार्चको बिहान इरानको हवाई सुरक्षा पूर्ण रूपमा नष्ट गरिएको दाबी समेत गरेका थिए। तर, अमेरिकाले आफ्नो सबैभन्दा उन्नत विमान एफ–३५ लाई ढुक्क भएर इरानको भित्री भागसम्म पठाएपछि इरानले १० दिनदेखि बन्द राखेका आफ्ना सक्कली राडार र मजीद जस्ता डिफेन्स सिस्टमहरू अचानक सक्रिय बनायो।
पहिले नै तयार अवस्थामा रहेको इरानी प्रतिरक्षा प्रणालीको जालमा परेर अन्ततः ‘अदृश्य’ मानिने अमेरिकी विमान ध्वस्त हुन पुग्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु
-
मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)
-
पूर्वाधार, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै रुपन्देहीका पालिका
-
धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण