बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व छोरा राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राईले जानकारी दिए । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको सम्मानमा परिवारका सदस्य मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उनले भने, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।”
मुगाधन र भलशोभा राईका कान्छा छोरा स्व ध्यानबहादुर राईको सम्झनामा ३४ हजार ५०० रुपैयाँ मुल्य बराबरको हार्मोनियम, मादल र बासुरीसमेत विद्यालयलाई प्रदान गरिएको छ । अक्षयकोष स्थापना तथा वाद्यवादन सामग्री हस्तान्तरण कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दनसमेत गरिएको विद्यालयका पूर्वप्रधानाध्यापक वेदीकुमार राइले जानकारी दिए ।
विद्यालयको शैक्षिक अभिवृद्धि र सौन्दर्यकरणमा ६० हजार ६०० रुपैयाँ सहयोग गर्ने स्थानीय तथा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका लेखापाल प्रेमकुमार राईलाई एक कार्यक्रमबीच गत शुक्रबार सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
-
सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
-
सदूरपश्चिम प्रदेश सभा अन्तर्गतका समितिले के-के गरे काम ? विवरण माग्दा तर्किन्छन् सभापति र सचिवालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण