इजरायलद्वारा इरानको राजधानी तेहरानमा हवाई आक्रमण
सोमबार, ०९ चैत २०८२, ११ : ५१
तेहरान । इजरायली सेनाले सोमबार बिहानै इरानको राजधानी तेहरानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको छ। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का अनुसार इरानभित्र रहेका आतंकवादी पूर्वाधारहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको हो।
आक्रमणपछि तेहरान शहरभर शक्तिशाली विष्फोटका आवाजहरू सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको शक्तिशाली सैन्य संगठन 'रिभोलुसनरी गार्ड्स'सँग आबद्ध फार्स न्यूज एजेन्सीले पनि शहरका धेरै ठाउँमा विष्फोटको भयानक आवाज गुन्जिएको पुष्टि गरेको छ।
मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायलले इरानको राजधानीलाई नै निशाना बनाएर यो नयाँ आक्रमण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण