महासङ्घको नेतृत्व सर्वसम्मत चयन गर्नु आवश्यक : पूर्व अध्यक्ष राणा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले आगामी निर्वाचनमा चुनावभन्दा सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएकी छन् ।
महासङ्घको आसन्न ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहद्वारा आयोजित पदाधिकारी तथा कार्यकारिणी सदस्यको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्ताे बताएकी हुन् ।
राणाले निजी क्षेत्रको सशक्त एकता अहिलेको आवश्यकता रहेकोमा जोड दिइन्। ‘आजको सन्देश स्पष्ट छ–निजी क्षेत्रको सशक्त एकता समयको आवश्यकता हो। वर्तमान परिवेशमा निजी क्षेत्रभित्रको सहकार्य, विश्वास र समन्वयले मात्र दिगो आर्थिक विकासको मार्ग प्रशस्त गर्न सक्छ ।’
उनले महासङ्घको आगामी नेतृत्व पदहरूमा सर्वसम्मति, परिपक्वता र साझा दृष्टिकोण अत्यन्त आवश्यक रहेको बताइन् । उनले सक्षम, समावेशी र सहमतिमा आधारित नेतृत्वले निजी क्षेत्रलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनेछ भन्ने विश्वास व्यक्त गरिन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनको परिणामले कतिपय अवस्थामा नमिठो विभाजन ल्याउने भन्दै इगो त्यागेर समझदारीमा आउन र सर्वसम्मत नेतृत्व चयन गर्न उम्मेदवारहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण