रवीन्द्रले गगन–विश्वलाई भने, ‘विपी पथमा फर्किएर कांग्रेस र देशको राजनीतिलाई ट्रयाकमा ल्याउनुस्’
काठमाडौँ । रवीन्द्र मिश्रले नेपाली कांग्रेसको वर्तमान नेतृत्वप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । मंगलबार साँझ मिश्रले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको तस्बिरसँगै कांग्रेसको वैचारिक यात्रामाथि प्रश्न उठाएका हुन्। उनले आफ्नो स्टाटसमा विश्वेश्वरप्रसाद कोइराला (विपी) को विचारधारामा फर्किनुपर्ने संकेत गरेका छन्।
मिश्रले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (जीपी) को कार्यशैली हुँदै अहिले पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक धारसँग कांग्रेस नजिकिँदै गएको टिप्पणी गरेका छन्।
गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूले चाहेमा कांग्रेसलाई ‘जीपी–प्रचण्ड पथ’बाट पुनः ‘विपीपथ’मा फर्काएर पार्टी र देशको राजनीतिलाई सही दिशामा लैजान सक्ने मिश्रले बताए ।
मिश्रले व्यंग्यात्मक शैलीमा लेखेका छन्, “यदि त्यसो भएन भने प्रचण्डपथमा हिँड्ने नयाँ ‘ट्रेन’ बजारमा आइसकेको छ, त्यही बाटोमा हिँड्न जनताले पुरानो ‘थोत्रो ट्रेन’ किन चढ्ने?”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण