तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम
सारांश
- सशस्त्र प्रहरी बलले तीन हजारभन्दा बढीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिएको छ ।
- जिल्लाका १३ स्थानीय तहका १३५ वडामा स्वयंसेवक र सूचक निर्माण गरिएको छ ।
- विपद् प्रतिकार्यका लागि नमोबुद्धमा अस्थायी उद्धार बेस क्याम्प स्थापना गरिएको छ।
काभ्रेपलान्चोक । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टरले काभ्रेपलान्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ ।
एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको गणले जनाएको छ । यस्तै १७ शैक्षिक संस्थाका एक हजार ३४३ विद्यार्थीलाई विपद् प्रतिकार्यमूलक सचेतना गराइएको छ । स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ ।
गणले स्थानीयस्तरमा ‘सुरक्षित समाज’ को उद्देश्यका साथ मनसुन लक्षित तालिमसमेत सञ्चालन गरेको छ । “तालिममा विद्यार्थी, स्वाधीन आमा समूह तथा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सहभागिता गराउँदै आएका छौँ”, रेग्मीले भने ।
गणले गत असारमा विपद् प्रतिकार्यस्वरुप उद्धारार्थ नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । उक्त क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।
यस्तै बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्नुका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पुर्याउने क्याम्पलाई जिम्मेवारी तोकिएको गणपछि रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
-
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण