कम्बोडियाका ‘स्क्यामिङ सेन्टर’ बाट ५१ नेपालीको उद्धार
सारांश
- कम्बोडियाका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रमा बन्धक बनाइएका ५१ नेपालीको उद्धार गरिएको छ।
- उद्धार गरिएका नेपालीलाई गैरकानुनी काममा लगाइएको थियो र उनीहरू बिना भिसा अलपत्र परेका थिए।
- राजदूतासले रोजगारीको प्रलोभनमा कम्बोडिया नजान चेतावनी दिँदै, भ्रमण भिसामा जानेको संख्या बढेको जनाएको छ।
काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर त्यहाँका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा बन्धक बनाइएका ५१ जना नेपाली नागरिकहरूको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासको विशेष पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको समेत सहजीकरणमा उद्धार गरिएका ती नेपालीहरू चैत १० गते कम्बोडियाबाट स्वदेशका लागि उडेका थिए । दूतावासका अनुसार उनीहरूलाई त्यहाँका अवैध अनलाइन ठगी केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो । धेरैजसो नेपालीहरू बिना भिसा वा भिसाको अवधि सकिएर अलपत्र अवस्थामा फेला परेका थिए ।
पछिल्लो समय कम्बोडियामा सञ्चालित स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्ने नेपालीहरूको राहदानी कम्पनीले जफत गरिदिने वा ट्रान्सफर हुने क्रममा हराउने गरेको गुनासो बढ्दो छ । यस्तो अवस्थामा राहदानी नभएर अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन राजदूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर सहयोग गरिरहेको छ । अझै पनि कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने पहल जारी रहेको दूतावासले जनाएको छ ।
दूतावासले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भ्रमण भिसामा कम्बोडिया जाने नेपालीहरूको संख्या विगत पाँच वर्षमा अस्वाभाविक रूपमा बढेको पाइएको छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६७६ पुगेको छ । धेरैजसो नेपालीहरू छिटो र धेरै पैसा कमाउने लोभमा परी असुरक्षित बाटोबाट त्यहाँ पुग्ने गरेको देखिएको छ ।
यसैबीच, नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा भ्रमण भिसाको बहानामा नआउन सर्वसाधारणमा कडा चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण