अमेरिकी विशेष दूतले गरे रवि लामिछानेलाई फोन
सारांश
- अमेरिकी विशेष दूत सर्जिओ गोर र रास्वपा सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ।
- गोरले निर्वाचनमा रास्वपाको सफलताका लागि लामिछानेलाई बधाई दिएका छन्।
- वार्तामा नेपाल-अमेरिका सम्बन्ध र भावी सहकार्यबारे छलफल भएको थियो।
काठमाडौँ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद गर्दै रास्वपाले चुनावी परिणाममार्फत हासिल गरेको जितप्रति शुभकामना व्यक्त गरेका हुन् ।
टेलिफोन वार्ताका क्रममा विशेष दूत गोरले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ। उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक रहेको बताउँदै दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूतले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण