कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आएनन्
चितवन । कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् ।
चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका हुन् । रत्ननगरको पिठूवास्थित नवदुर्गा इँटा उद्योग र राप्तीको चैनपुरस्थित अनमोल इँटा उद्योग पुनः सञ्चालनमा आएका हुन् ।
वि.सं. २०४० तिरबाट जिल्लामा व्यावसायिक इँटा उत्पादन थालिएको जनाइएको छ । उनले भने, “कुनै बेला जिल्लामा ४० वटासम्म इँटा उद्योग थिए ।” कोभिडपछि बन्द भएका उद्योगमध्ये गत वर्ष नवदुर्गा र यस वर्ष अनमोल पुनः सञ्चालनमा आएको हो।
अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट यहाँ आउने इँटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र जनशक्तिको अभावलगायतका कारण उद्योग बन्द भएका हुन् । उनले भने, “बाँकी उद्योग कतिपयले भाडाको जग्गा सम्याएर छाडेका छन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिरे । अब उद्योग खुल्दैन ।” अहिले पूर्वबाट आउने इँटाको भरमा यहाँ भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण