बब्लु अलि अन्सारीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश
सारांश
- बब्लु अलि अन्सारीलाई नक्कली लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा १ लाख धरौटीमा छाडियो।
- अदालतले अन्सारीलाई १ लाख रुपैयाँ धरौटी वा बैंक जमानतमा मुद्दाको पुर्पक्ष गर्न आदेश दियो।
- अन्सारीले आरोप इन्कार गरे पनि, प्रमाणका आधारमा उनी दोषी देखिन सक्ने अदालतको ठहर छ।
काठमाडौँ । सवारी साधनको नक्कली लिखत तयार गरी सरकारी अभिलेख सच्याएको र भ्रष्टाचार गरेको आरोप लागेका बब्लु अलि अन्सारीलाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले अन्सारीलाई १ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
अदालतमा बयान दिने क्रममा प्रतिवादी अन्सारीले आफूले कुनै पनि गलत कार्य नगरेको र कसैको मिलेमतोमा नरहेको भन्दै आरोपको इन्कार गरेका थिए । तर, प्रहरीको अनुसन्धान प्रतिवेदन, बरामद गरिएका दशी प्रमाणहरू, कल डिटेल रेकर्ड र डिजिटल फरेन्सिक ल्याबको रिपोर्टका आधारमा तत्काल प्राप्त प्रमाणहरूबाट उनी दोषी देखिन सक्ने अवस्था रहेको अदालतले उल्लेख गरेको छ ।
अन्सारीमाथि राष्ट्रसेवक कर्मचारीहरूसँगको मिलेमतोमा नेपाल सरकार र सार्वजनिक निकायलाई प्राप्त हुने भन्सार महसुल लगायतका राजस्वमा हानि पुऱ्याउने बदनियत राखेको आरोप छ ।
उनले यातायात व्यवस्था कार्यालय नेपालगन्ज र एकान्तकुनाका सवारी दर्ता सम्बन्धी कागजात, सवारी धनीको विवरण, इन्जिन र चेसिस नम्बर, भन्सारका प्रज्ञापनपत्र लगायतका सरकारी अभिलेखहरूमा अनधिकृत रूपमा फेरबदल, केरमेट र थपघट गरी नक्कली लिखत तयार पारेको दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण