एआईजी शाहबारे दुई थरी प्रतिवेदन : एउटा पेजमा पुरस्कार, अर्कोमा कारबाही सिफारिस
सारांश
- जेनजी प्रदर्शनबारे पूर्वन्यायाधीश कार्कीको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन लिक भएको छ।
- आयोगले उच्च सुरक्षा अधिकारीहरूलाई कारबाही र पुरस्कृत गर्न सिफारिस गरेको छ।
- एआईजी सिद्धी विक्रम शाहलाई पुरस्कृत र कारबाही दुवैका लागि सिफारिस गरिएको छ।
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे पूर्वन्यायाधीश गाैरी बहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन ‘लिक’ भएको छ । घटनाबारे करिब ५ महिना छानबिन र जाँचबुझ गरेपछि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उच्च सुरक्षा अधिकारीहरूलाई कारबाही तथा पुरस्कृत गर्न सिफारिस गरिएको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी बिक्रम शाहबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले दुई थरी सिफारिस गरेको भेटिएको छ । प्रतिवेदनको ६८९ पृष्ठमा शाहलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । त्यस्तै पेज नम्बर ७२५ मा उनलाई कारबाही सिफारिस गरेको भेटिएको छ ।
आयोगले उनलाई पुरस्कृत गर्न सिफारिस गर्दै लेखेको छ, ‘भदौ २४ गते टङ्गाल स्थित भाटभटेनी र नक्सालको हिल्टन होटल जलाई आक्रमणकारीहरू नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख प्रअमनि शाहले आक्रमणकारीहरुलाई मूल गेट भित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुपर्ने देखिन्छ ।’
कारबाही सिफारिस गरिएको नेपाल प्रहरीका पदाधिकारीहरूको सूचीमा पनि उनको नाम उल्लेख गरिएको छ । आयोगका प्रतिवेदनमा उनलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा कार्य विभागको प्रमुख रहेका शाह अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण