शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

बुधबार, ११ चैत २०८२, २२ : ४२
बुधबार, ११ चैत २०८२

सारांश

  • बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो, धेरै बेपत्ता छन्।
  • दुर्घटनापछि ११ जना पौडी खेलेर बाँच्न सफल भए।
  • खोजी तथा उद्धार कार्य जारी छ र डुङ्गाहरू परिचालन गरिएको छ।
  • राजबारीबाट छुटेको बस पद्मा नदीमा खसेको थियो।

काठमाडौँ । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुबेको आशङ्का गरिएको छ ।

दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भएको उनीहरूले बताएका छन् ।

बङ्गलादेशको राजबारी जिल्लाको एक सडकमा बुधबार साँझ ५ः१५ बजे ढाकाका लागि छुटेको यात्रुवाहक बस अनियन्त्रित भई पद्मा नदीमा खस्दा कम्तीमा दुई महिलाको मृत्यु भएको छ भने अन्य धेरै जना पानीमा डुबेको आशङ्का गरिएको छ ।

राजबारीका डेपुटी कमिस्नर तथा जिल्ला प्रशासक सुल्ताना अख्तरले बसमा ४० जना यात्रु सवार रहेको र बुधबार साँझ समाचार तयार पार्दासम्म दुई महिलाको शव पानीबाट निकालिएको छ ।

डुबेको बस पानीमुनि रहेको अधिकारीहरूले बताएका छन् ।

फायर सर्भिस र सिभिल डिफेन्सका अधिकारी ताल्हा बिन जासिमले नदीमा डुबेका भनिएका यात्रुको खोजी अभियान जारी छ र बसलाई उद्धार गर्न स्थानीय प्रयासलाई सशक्त पारिएको छ ।

उद्धारका लागि डुङ्गाहरू बोलाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार करिब ४० जना यात्रु बोकेर बस राजबारीबाट हिँडेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप