नयाँ राहदानी छाप्न आवश्यक तयारी पूरा, केही समय राहदानी वितरण प्रभावित
सारांश
- राहदानी विभागले नयाँ कम्पनीबाट राहदानी छाप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
- नयाँ प्रणाली लागू भएपछि सेवा प्रभावित हुनसक्ने र राहदानी बनाउन समय लाग्न सक्नेछ।
- जर्मन कम्पनीले राहदानी छाप्न ढिलाइ गरेपछि आइडेमियालाई केही समयका लागि जिम्मा दिइएको थियो।
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ कम्पनीबाट राहदानी छाप्ने कामको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सकेसम्म जेठको पहिलो साता, नभए जेठ महिनाभित्रै नयाँ कम्पनीले छापेको राहदानी प्रयोगमा आइसक्ने जानकारी विभागले दिएको हो । त्यो बेला केही समय राहादनी वितरण प्रणाली प्रभावित हुने बताइएको छ ।
राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेको विभागको भनाइ छ । अबको एक दुई महिनाभित्र हालको प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म सेवा केही प्रभावित हुने विभागले प्रस्ट पारेको छ ।
विभागका निर्देशक एवं प्रवक्ता सोमेश थापाले नयाँ कम्पनीको राहदानी आउन थालेपछि केही समस्या हुनसक्ने बताए । ‘समस्या हुन्छ नै भन्ने छैन, तर समस्या भइहालेछ भने पनि केही दिनका लागि मात्र हुनेछ,’ उनले भने ।
जिल्ला प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्ने, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एरिब एक हप्तासम्म बन्द हुने सक्ने विभागले जनाएको छ ।
नयाँ प्रणाली कार्यान्वय भएपश्चात प्रणाली स्थिरीकरण हुन एक देखि तीन महिनासम्म लाग्ने भएकाले सो अन्तरिम अवधिमा जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागको भनाइ छ ।
विभागले नयाँ राहदानी छाप्ने जिम्मेवारी जर्मनीका दुई कम्पनी भेरिडोस र मुलभौरलाई दिइसकेको छ । ती कम्पनीले राहदानी छाप्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छन् ।
यी दुई जर्मन कम्पनीले राहदानी छपाइमा ढिला गरेका कारण विभागले गत मंसिरमा विगत १५ वर्षदेखि नेपाललाई राहदानी छापेर दिइरहेको आइडेमियालाई नै केही समयका लागि पुनः राहदानी छाप्ने जिम्मेवारी दिएको थियो । जबकि आइडेमियाले नेपाल सरकारसँग गरेको सम्झौता समाप्त भइसकेको थियो ।
दुई जर्मन कम्पनीले फागुन दोस्रो हप्तादेखि मात्र राहदानी दिने सकिने भनेपछि नेपाली राहदानी छाप्दै आएको आइडेमियालाई केही समय छाप्न दिएको थियो । अहिले आइडेमियाले नेपाली राहदानी छाप्न छाडिसकेको छ भने जर्मन कम्पनीले आफ्नो काम सुरु गरिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण