सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली शान्ति सैनिकको अदलीबदली
बिहीबार, १२ चैत २०८२, १६ : ३१
काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ।
मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ जना शान्ति सैनिक चैत ११ गते स्वदेश फिर्ता भएका छन् भने उनीहरुको स्थान लिन १७९ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
उक्त मिसनमा तैनाथ रिपुमर्दन गण (सातौँ डफ्फा) र सैनिक प्रहरी युनिट (दशौँ डफ्फा) लाई बदली गर्नका लागि कालीबहादुर गण (आठौँ डफ्फा) र सैनिक प्रहरी युनिट (एघारौँ डफ्फा) त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकको उक्त शान्ति मिसनमा नेपाली सेनाका १ हजार १०७ जना शान्ति सैनिकहरु कार्यरत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको नेतृत्वमा रहेका स्थानीय र प्रदेश सरकारलाई सभापति थापाको निर्देशन, ‘विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखौँ’
-
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
पहिलो पटक आमनेसामने हुन लागेका क्यानडा र बोस्निया-हर्जगोभिना
-
ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा राय बाझियो, दुई न्यायाधीशले राखे फरक मत
-
पार्टी स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा चुलियो स्वार्थ समूहको लडाइँ
-
ओलम्पियन एसोसिएसन र खेलाडी सङ्घद्वारा राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण