एनआरएनए युवा उपाध्यक्ष थापाद्वारा युवाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता
सारांश
- एनआरएनएका युवा उपाध्यक्ष भिमसेन थापाले युवामुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।
- उनले प्रवासी नेपाली युवाको सशक्तीकरणका लागि रोजगारी, उद्यमशीलता र सीप विकासका कार्यक्रम ल्याउने बताए।
- थापाले युवा पुस्तामा नेपालीपनप्रति गर्व गर्ने वातावरण बनाउने र नेपाल र डायस्पोराबीचको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । विश्वभर रहेका नेपाली युवालाई एकताबद्ध गर्दै उनीहरूको क्षमता, सीप र अनुभवलाई मातृभूमिसँग जोड्ने लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष भिमसेन थापाले युवामुखी विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१२औँ महाधिवेशनमा उपाध्यक्ष चयनपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रवासी नेपाली युवाको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै रोजगारी, उद्यमशीलता र सीप विकाससँग सम्बन्धित कार्यक्रम अघि सार्ने बताए । उनले विश्वभर छरिएका नेपाली युवालाई एउटै प्लेटफर्ममा जोडेर उनीहरूको क्षमतालाई नेपालसँग समन्वय गर्ने योजना रहेको उल्लेख गरे ।
“विश्वभर रहेका नेपाली युवाको सीप, अनुभव र सम्भावनालाई नेपालसँग जोड्ने काम मेरो प्राथमिकतामा रहनेछ,” उनले भने, “युवा शक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र सशक्त बनाउन ठोस पहल गर्नेछु ।”
थापाले प्रवासी युवामा राष्ट्रिय पहिचान, भाषा, संस्कृति र मूल्यप्रतिको लगाव बढाउँदै भावी पुस्तामा नेपालीपनप्रति गर्व गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै, नेपाल र डायस्पोराबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै युवाका हक–अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण