‘चार खुट्टा मिल्याे भन्दैमा गाईको सट्टा गधाको निबन्ध लेखेजस्तै भयाे जाँचबुझ आयाेगकाे प्रतिवेदन’
सारांश
- संविधानविद् भीमार्जुन आचार्यले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि कटाक्ष गरेका छन्।
- आचार्यले प्रतिवेदनलाई गधाको निबन्धसँग तुलना गर्दै संवेदनशील अपराधलाई विषयान्तर गरेको आरोप लगाए।
- उनले जनताको करबाट पालिएका पदाधिकारीहरू देश र जनताको सेवक नभएको गुनासो गरेका छन्।
काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि कटाक्ष गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आचार्यले प्रतिवेदनमाथि कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्,‘गाईको बारेमा निबन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थीले चार वटा खुट्टा त मिल्छ नि भनेर गधाको निबन्ध लेखेर कपी बुझाए जस्तो भयो जॉंचबुझ आयोगको प्रतिवेदन।’ गत भदौ २३ र २४ को संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन झैँ प्रतिवेदन बनाउन आयोग सफल भएको बताए ।
उनले अगाडि लेखेका छन्,‘उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पुरा भयो । देश अझैँ देश जस्तो हुन सकेन।’ जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भएको र देखिएको समेत उनले बताए ।
जेनजी आन्दोलनको छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वमा समिति गठन भएको थियो । उक्त प्रतिवेदन सरकारले सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । तर सञ्चारमाध्यममा भने प्रतिवेदन सार्वजनिक भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण