इरानी नयाँ सर्वोच्च नेतालाई सीआईले समलिङ्गी भनेको ट्रम्पको दाबी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेताबारे विवादास्पद दाबी गरेका छन्।
- ट्रम्पले सीआईएले आयातोल्लाह जुनियर समलिङ्गी भएको बताएको कुरा अन्तर्वार्तामा उल्लेख गरे।
- इरानमा समलिङ्गी सम्बन्ध गैरकानुनी र दण्डनीय अपराध मानिन्छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा टेलिभिजन अन्तर्वार्तामा इरानका नयाँ सर्वोच्च नेता आयतुल्ला जुनियर (मोज्तबा खामेनी)बारे विवादास्पद दाबी गरेका छन् । फक्स न्यूजमा प्रसारित अन्तर्वार्ताका क्रममा प्रस्तोता जेसी वाटर्सले ‘के सीआईएले तपाईँलाई आयातोल्लाह जुनियर समलिङ्गी भएको बताएको हो ?’ भनेर सोधेका थिए ।
यसको जवाफमा ट्रम्पले भने, ‘उनीहरूले त्यस्तो भनेका थिए, तर त्यो केवल उनीहरूले मात्र भनेका हुन कि होइन, म निश्चित छैन । धेरै मानिसहरूले पनि त्यही कुरा भनिरहेका छन् ।’ उनले यस दाबीलाई समर्थन गर्ने कुनै प्रमाण भने प्रस्तुत गरेनन् ।
इरानमा समलिङ्गी सम्बन्ध गैरकानुनी मानिन्छ । इस्लामिक कानुन (शरिया)अन्तर्गत यस्ता सम्बन्धलाई इस्लामिक मूल्यविपरीत मानिन्छ र दण्डनीय अपराधको रूपमा लिइन्छ ।
न्यूयोर्क पोष्टले यस अघि पनि ट्रम्पलाई यस विषयमा जानकारी दिइएको उल्लेख गरेको थियो । ट्रम्पले यसअघि अमेरिकी आक्रमणपछि इरानका नयाँ सर्वोच्च नेता जीवित नै छन् कि छैनन् भन्नेबारे पनि शङ्का व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण