डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
सारांश
- नेपाल चिकित्सक सङ्घले अनसनरत डा.गोविन्द केसीका जायज माग सम्बोधन गर्न माग गरेको छ ।
- सङ्घले डा.केसीका जायज मागहरूलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधान गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
- सङ्घका अध्यक्ष डा.बद्री रिजालले अनसनको क्रममा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्याहरू उत्पन्न भइरहेकोले सरोकारवाला गम्भीर बन्नुपर्ने बताए ।
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनसनरत डा.गोविन्द केसीका जायज माग सम्बोधन गर्न माग गरेको छ । सङ्घले डा.केसीका जायज मागहरूलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधान गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
सङ्घका अध्यक्ष डा.बद्री रिजालले अनसनको क्रममा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्याहरू उत्पन्न भइरहेको भन्दै सरोकारवाला गम्भीर बन्नुपर्ने बताए ।
सङ्घले आज शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ– ‘अनसनको क्रममा उनको स्वास्थ्यमा विभिन्न समस्याहरू उत्पन्न भइरहेकोले उनको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थिति लगायतलाई मध्यनजर गरी उनको जीवन रक्षाका लागि उनले उठाएको जायज मागहरूलाई हदै सम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक सङ्घ नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण