शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो

शनिबार, ०९ साउन २०८३, १७ : ०८
शनिबार, ०९ साउन २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ताको नेतृत्व लिन पहल गर्न भनेको बताएका छन् ।
  • कँडेलले आफू सत्तामा बसिरहन नचाहेको र शाहीले पहल गरे आफू तयार रहेको बताए ।
  • कांग्रेसले एक्कासि नेकपासँग मिलेर कँडेलमाथि अविश्वासको प्रस्ताव ल्याएको थियो ।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ताको नेतृत्व लिन आफ्नो तर्फबाट पहल गर्न भनिएको बताएका छन् ।

शनिबार कांग्रेस र नेकपाले प्रदेश सभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफू सत्तामा बसिरहन नचाहेको स्मरण गराए ।

‘मैले कांग्रेस दल नेतालाई पहल गर्नुस् भनेकै हो, गठबन्धन हामीले यहाँ बनाएको हैन, माथिबाटै बनेकाले माथि आफ्नो पार्टीमा छलफल गर्नुस् भनेको हो,’ कँडेलले भने, ‘तपाईंले पहल गरे म तयारै छु भनेको हो ।’  

तर शाहीले माथि कुनै पहल नगरेको बताए । तर अहिले सार्वजनिक रूपमा आफूमाथि गरिएका टिप्पणीप्रति गुनासो पोखे । कांग्रेसले एक्कासि नेकपासँग मिलेर कँडेलमाथि अविश्वासको प्रस्ताव ल्यायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप