राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
सारांश
- काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन्।
- मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९ की ४५ वर्षीया रश्मी रिजाल रहेकी छिन्, जो साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन्।
- शनिबार दिउँसो विद्युतीय कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् ।
तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो ।
मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छिन् । उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।
शनिबार दिउँसो करिब १ बजे BAE 0410 नम्बरको विद्युतीय कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । कारभित्रै डढेको अवस्थामा शव भेटिएकाले घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण र मृत्युको कारणबारे प्रहरीले गम्भीरतापूर्वक छानबिन गरिरहेको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण