शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

शनिबार, ०९ साउन २०८३, १६ : ५४
शनिबार, ०९ साउन २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्दै पदबाट राजीनामा दिएका छन् ।
  • कांग्रेस र नेकपाले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसको छलफलमा भाग लिएपछि कँडेलले राजीनामा दिएका हुन् ।
  • कँडेलले आफ्नो कार्यकालमा सुधारका काम भएको स्मरण गर्दै नयाँ बन्न लागेको सरकारको आयुबारे अनिश्चितता व्यक्त गरे ।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखे । र, पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए । कँडेल ०८० चैत्र अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका उनी ०८१ साउनदेखि काङ्ग्रेससँगको गठबन्धनमा थिए । 

कँडेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको पनि स्मरण गरे । उनले नयाँ बन्न लागेको सरकार कति टिक्छ वा टिक्दैन त्यो भन्न नसकिने बताए ।

‘म यहाँ आउँदै गर्दा नेकपा-एमालेका दुई वटा अध्यक्ष बसिरहेका छन्, टेलिफोन कुरा भएको थियो,’ उनले भने । 

कम्युनिस्ट दल मिल्ने सङ्केत गर्दै नयाँ बन्न लागेको सरकारको आयुबारे टिप्पणी गरे । प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप