शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै

ऋण मिनाहा र न्यायिक आयोग गठन माग
शनिबार, ०९ साउन २०८३, १५ : १०
शनिबार, ०९ साउन २०८३

काठमाडौँ। लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट भइरहेको वित्तीय शोषण र अन्यायपूर्ण ऋण असुलीविरुद्ध किसान तथा मजदुरहरूले आगामी साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ गर्ने भएका छन् ।

‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’को आह्वानमा साउन १० गते दिउँसो १२ बजे बल्खुदेखि सिंहदरबारसम्म प्रदर्शन आयोजना गर्न लागिएको हो।

लघुवित्त र बैंकहरूले ऋणीहरूमाथि गरिरहेको चर्को तथा चक्रवर्ती ब्याज असुली, विभिन्न शीर्षकमा लिइने हर्जना, विविध शुल्क, जग्गा धितो लिलामी र कालोसूचीमा राख्ने कदमविरुद्ध सरकारको ध्यान खिच्न यो मार्च आयोजना गरिएको हो। 

साथै, लघुवित्त तथा वित्तीय शोषणबाट पीडित नागरिकहरूको वास्तविक अवस्थाबारे राज्यले आधिकारिक अध्ययन गरी तत्काल प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत आन्दोलनले अघि सारेको छ।

के के छन् प्रमुख मागहरू ?

चर्को ब्याज र शोषणका कारण उठ्नै नसक्ने अवस्थामा पुगेका ऋणीहरूको अन्यायपूर्ण ऋण मिनाहा गरिनुपर्ने।

पीडितमाथि भएका शोषण र अन्यायको निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने।

कालोसूचीमा राखिएका पीडित ऋणीहरूको नाम तत्काल हटाउनुपर्ने र धितो लिलामी प्रक्रिया पूर्ण रूपमा रोक्नुपर्ने।

जनमुखी मौद्रिक नीति लागू गर्दै आर्थिक सङ्कटमा परेका किसान, मजदुर, महिला, उद्यमी तथा व्यवसायीको संरक्षणका लागि ब्याजदर घटाउने, ब्याज समायोजन गर्ने र पुनः व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने।

8a3351ee-53d0-4bb2-819d-2c0a8a487606

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप