शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति

शनिबार, ०९ साउन २०८३, १५ : ०२
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बिना निर्णय सकिएको छ।
  • संसद् सुरु हुने बेलासम्म पार्टी केन्द्रको फोनको प्रतीक्षा गर्ने गरी बैठक सकिएको छ।
  • मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज ३ बजे संसद् बैठकमा छलफल हुँदै छ।

सुर्खेत। दिउँसो १ बजेबाट सुरु भएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बिना निर्णय सकिएको छ । संसद् सुरु हुने बेलासम्म पार्टी केन्द्रको फोनको प्रतीक्षा गर्ने गरी बैठक सकिएको स्रोतले बतायो ।

एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज छलफल हुँदै छ । त्यसका लागि ३ बजे संसद् बैठक बस्दै छ । दलको बैठकमा त्यो बेलासम्म ‘केपी ओलीको फोनको प्रतीक्षा’ गर्ने गरी छलफल सकिएको बताइएको छ। केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच समीकरणको विषयमा छलफल भए पनि अहिलेसम्म कुनै निर्णय आएको छैन । ‘अन्तिमसम्म कुर्ने हुन्छ होला, ओलीको फोन आउला मुख्यमन्त्रीलाई,’ स्रोतले भन्यो, ‘त्यसपछि राजीनामा दिने वा संसद् फेस गर्ने भन्ने होला ।’

कर्णालीमा नेकपाले कांग्रेससँग मिलेर असार ३२ गते अविश्वासको प्रस्ताव ल्याएको छ । एमाले सांसद जीतबहादुर मल्लले नेकपा निर्णायक रहेकाले उसले के गर्छ त्यसैमा निर्भर रहेको बताए ।

यदि नेकपाले साथ नदिए यामलाल कँडेल नेतृत्वको सरकार ढल्ले निश्चित छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप