अ
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
शुक्रबार, ०८ साउन २०८३, २२ : ४५
सारांश
- अमेरिकी राष्ट्रपतिले रुस र चीनलाई इरानलाई हतियार नबेच्न चेतावनी दिएका छन्।
- ट्रम्पले सी र पुटिनबाट आश्वासन पाएको दाबी गरेका छन्।
- हथियार बिक्री राष्ट्रको हितमा नहुने चेतावनी दिए।
काठमाडौँ । चीन र रुसलाई इरानलाई हतियार बिक्री गरेमा यो उनीहरूको हितमा नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चेतावनी दिएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए ।
“इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठुला देश मेरो विचारमा यसमा संलग्न छैनन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमा लेखेका छन् ।
उनले भने, “यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण